विराटनगरमा हुस्सुका कारण विमान समयमा नआउदा यात्रु घण्टौ पर्खन बाध्य ( तस्वीर सहित )

विराटनगरमा हुस्सुका कारण विमान समयमा नआउदा यात्रु घण्टौ पर्खन बाध्य ( तस्वीर सहित )

  • बिहिबार, मंसिर ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

मंसीर ३०, विराटनगर ।
चिसो मौसमसगैं बाक्लो हुस्सु बिहान ११ बजे सम्म पनि नहटे पछि विराटनगर विमानस्थलमा समयमै हवाई जहाज नआउदा यात्रुहरु घण्टौ कुर्न बाध्य भएका छन् ।
बिहान ९ बजे नेपाल एयरलाईन्सको जहाजमा उड्न भन्दै झापा दमकबाट बिहान ६ बजे देखि नै आएका पुष्प भट्टराई र गणेश दाहाल पौने १ बजे सम्म पनि उडान नभएकाले विमानस्थलको पार्कमा बसिरहेका भेटिए ।
यस्तै आज लिम्वुवानको बन्द रहेकादे पनि सिटी रिक्सा र ट्याक्सी चढयस्त्रै यात्रु प्रतिक्षालयमा बसिरहेका थिए ।
ईलाम माईपोखरीका किरण सुनुवार काठमाण्डौं जान चन्द्रगढीबाट काठमाण्डौंका लागि २९ मंसीरमा १२ ः ५५ बजेका लागि टिकट काटे पनि बत्तीमा जहाजको ढुंगा लाग्यो भनेर उडान रद्ध गरे पछि विराटनगरबाट उड्नका लागि ४२ सय रुपैया तिरेर ट्याक्सी रिजर्भ गरी सोही दिन बेलुका साढे ८ बजे विराटनगर आएका थिए ।
विराटनगरबाट बुद्ध एयरबाट १२ः१५ बजे उड्नु पर्ने भए पनि डेढ बजे सम्म पनि उडान नभएकोमा दिक्क मानिरहेका सुनुवारले मौसमको कारणले मात्र नभई हवाई कम्पनीको आन्तरीक व्यवस्थापनको कमजोरी र पूूर्व सूचना दिन नसक्नु गलत भएको बताए ।


सुनुवार नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद सदस्य रहेकोले काठमाण्डौ हुदै चितवन अधिवेशनमा सहभागी हुन काठमाण्डौ जादै थिए ।नेपाल आदिवासी जनजाति महासंघको महासचिवको उमेद्वार समेतहुन् । उनी आफ्नो पक्षमा मतदाता तान्न लविङका लागि काठमाण्डौ हिडेको कुराकानी कै क्रममा बताए  ।


काठमाण्डौंबाट ११ बजे आउनु पर्ने बुद्ध एयरलाईन्स डेढ बजे सम्म नआए पछि आफन्त लिन दमकबाट आउनु भएका कुसल मिश्र पनि पार्कको घाम ताप्दै बसिरहेका भेटिए ।
टाढीबाट ९ः५० बिहान बुद्ध एयरबाट सपरिवार उड्न आउनु भएका शेर बहादुर तुम्सा पनि दिक्क मान्दै जहाजको प्रतिक्षामा बसिरहेका थिए ।

उनले लापरबाहीका कारण नै यात्रुले दुखः पाउनु परेको भन्दै सूचना प्रवाह राम्रोसगँ नगर्दा समस्या भोग्नु परेको बताए ।

विमानस्थल कर्मचारीले कुहिरो नखुल्दा सम्म जहाज आउन नसक्ने भएकाले प्रायः जाडो मौसममा जहाजहरु ढिलै उड्ने गरेको बताए ।


विराटनगरबाट काठमाण्डौंमा दैनिक आधा दर्जन बढी नेपाल एयरलाईन्स, बुद्ध एयर, यति एयरलाईन्स, सौर्य एयरलाईन्स लगायतका डोमेस्टीक जहाजहरुले उडान भर्दै आएका छन् ।

विराटनगर बाहेक अन्य विमानस्थलमा समेत हुस्सु र कुहिरो लागेको समयमा विमानस्थलमा जहाज समयमै नउड्दा हवाई यात्रु मर्कामा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी