१० वर्षमा २० हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको दाबी

१० वर्षमा २० हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको दाबी

  • बिहिबार, मंसिर ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौ मंसिर ३० ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामि १० बर्षमा २० हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वकाक्षी लक्ष्य राखेको बताउनु भएको छ ।

राजधानीमा आजदेखि सुरु भएको अन्तराष्टिय उर्जा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उक्त लक्ष्य पुरा गर्न सोहि अनुसारको राजनीतिक र कानूनी वातावरण बनाउन सरकार लागि परेको बताउनुभयो ।

उहाले उर्जा संकट निवारण गर्ने जलबिद्युत क्षेत्रको लगानिलाई प्राथमिकतामा राखेको भन्दै सुरक्षित लगानीको वातावरण बनाउने र त्यसलाई सरकारले सुनिश्चित गर्ने बताउनु भयो ।

सरकारका तर्फबाट ८ हजार मेगावाट, निजी क्षेत्रले ८ हजार र वैदेशिक लगानीबाट ४ हजार मेगावाट बिजुली उत्पादन गर्ने प्रधानमन्त्री दाहालको भनाई छ ।

कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले नेपालमा उत्पादित विजुलीको राम्रो बजार छिमेकी भारत रहेको भन्दै ढुक्क भएर लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आव्हान गर्नुभयो ।

उहाँले स्वदेशीसँगै विदेशी लगानीकर्तालाई पनि उर्जा क्षेत्रमा आकर्षित गराउने खालका कार्यक्रम ल्याउने बताउनुभयो ।

यसैगरी ,निजी क्षेत्रका विद्युत उत्पादकहरुको छाता संगठन स्वतन्त्र उर्जा उत्पादक संघ (इप्यान)ले लगानीमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । इप्यानका अध्यक्ष खड्क विष्टले स्पष्ट नीति ल्याएर सुरक्षित लगानीको वातावरण बनाए उत्पादन बढाउन सकिने बताउनुभयो ।

भोली सम्म चल्लने सम्मेलनमा उर्जा सुरक्षाको अवधारणा, विद्युत माग एवं आपूर्तिको विश्लेषण जस्ता विषयमा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।

ऊर्जा मन्त्रालय र ऊर्जा उत्पादकहरुको संस्था इपानको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनमा नेपाल सहित भारत, चीन, कोरिया, जापान, नर्वे, संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत देशका लगानीकर्ता तथा विज्ञ सहित ५ हजार भन्दा वढीको सहभागिता छ ।

सम्मेलन मार्फत सरकारले आगामी १० वर्षमा १० हजार मेगावट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ ।
नेपालमा ठूला जलविद्युत आयोजनामा लगानीको सम्भावना , नीतिगत चुनौती, निर्माणाधिन आयोजनामा भईरहेको प्रगती तथा विद्युत व्यापार सम्झौता पीटीएका सम्वन्धमा कुराकानी छलफल तथा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने इपानका कार्यकारी निर्देशक पशुपति ढुङ्गेलले जानकारी दिनुभयो ।

ढुङ्गेलका अनुसार सम्मेलनमा खासगरी सरकारको महत्वकाक्षीं लक्ष्य हासिल गर्न आवश्यक तयारी, लगानीको वातावरण, निर्माणाधिन, आयोजनाको विश्लेषण तथा वजार व्यवस्थापनका बारेमा छलफल भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी