काठमान्डौ मंसिर ३० ।
संघीय लिम्बुवान पार्टी नेपालले पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको छ । बन्दका कारण त्यँहाको जनजिवन प्रभावित बनेको छ ।
सरकारले संसद सचिवालयमा पेश गरेको संविधान संशोधन प्रस्तावमा लिम्बुवान प्रदेशको विषयलाई नसमेटिएको भन्दै लिम्बुवान पार्टीले बन्द आह्वान गरेका हुन् ।
संविधान संशोधन गरी पूर्वी नेपालका नौं जिल्लालाई लिम्बुवान प्रदेशमा राख्नुपर्ने, झापा, मोरङ र सुनसरीलाई टुक्राई अर्को प्रदेशमा राख्न नहुने र देशमा मौलाई रहेको भ्रष्टाचार नियन्त्रणको माग गर्दै संघीय लिम्बुवानले आज पूर्वी नेपाल बन्द गरेको हो ।
बन्दको कारण विहानैदेखि ताप्लेजुङसहित पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन भने बजार पसल, कलकारखाना र शैक्षिक संस्थासमेत बन्द रहेका छन् ।
पार्टी फुटे पछि संघीय लिम्वुवानले पहिलो पटक बन्द आह्वान गरेको हो ।