आज १६ औ दिन पनि गुल्मी बन्द जारी,जनमत संग्रह गर्ने तयारी

आज १६ औ दिन पनि गुल्मी बन्द जारी,जनमत संग्रह गर्ने तयारी

  • बिहिबार, मंसिर ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं,मंसिर ३०।
सरकारले प्रदेश नं ५ लाई टुक्राउने गरी संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको विरोधमा प्रदर्शन विभिन्न जिल्लामा कायमै छ ।

गुल्मीमा १६ दिनदेखि बन्द जार रहदा त्यहाको जनजीवन कष्टकर बन्दै गएको छ । लामो बन्दको कारण जिल्लामा सर्वसाधारणको जनजीवन निकै कठिन बनेको हो ।

सबै बजार, उद्योग तथा कलकारखाना, यातायात सेवा ठप्प हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । जिल्लामा बन्द लम्बिँदा स्थानीयले दिनहुँ नयाँ तरीकाले बन्दको आयोजना गरिरहेका छन् ।

विरोध प्रर्दशनको क्रममा आज सदरमुकाम तम्घासमा संयुक्त युवा विद्यार्थी संघर्ष समितिले एकीकृत पाँच नम्बर प्रदेश पक्ष र विपक्षमा जनमत संग्रह गर्ने तयारी गरेका छन् ।

यता, ५ नम्वर प्रदेशबाट रोल्पा र प्यूठानसहितका पहाडी जिल्ला विभाजन हुने गरी संसदमा दर्ता भएको संविधान संशोधनको विधेयकविरुद्ध आजबाट फेरी रोल्पा र प्युठान पनि बन्दको आह्वान गरिएको छ ।

रोल्पा र प्युठानको संयुक्त संघर्ष समितिले बन्दको आह्वान गरेको हो । बन्दका कारण यी जिल्लामा उद्योग, कलकारखाना, सवारी साधन, पसल, विद्यालय तथा सरकारी कामकाज सबै ठप्प पारिएका छन् ।

संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्दका कार्यक्रम यथावत् राख्ने ढिपी दलहरुले लिएका छन् । बुटवल र पाल्पामा भने बन्द हड्तालका कार्यक्रम नगरिए पनि विरोधका अन्य कार्यक्रम जारी नै रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ