व्यवस्थापिका संसद बैठक आज बस्दै

व्यवस्थापिका संसद बैठक आज बस्दै

  • बिहिबार, मंसिर ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काडमान्डौ मंसिर ३० ।
व्यवस्थापिका संसद बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा विहान ११ बजेका लागि बोलाइएको छ ।

सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई तत्कालका लागि थाती राख्ने प्रमुख तिन दल विच सहमति भए सँगै संसद बैठक आज बस्न लागेको हो ।

यस अघि संशोधन विधेयकको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ । यद्यपी संशोधन प्रस्तावलाई तत्कालका लागि थाती राख्न प्रमुख तिन दलविच भएको सहमति पछि संसदको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।

आजको बैठकमा निर्वाचन कानुन लगायतका अन्य विषयहरुमा छलफल गर्ने कार्यसुचि रहेको संसद सचिवालयका सह प्रवक्ता सुर्दशन कुइकेलले जानकारी दिनु भयो ।

यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक चीन काजी श्रेष्ठले संविधान संशोधनको प्रस्तावलाई तत्कालका लागि बैठकका्े कार्यसुचिमा नराख्ने सहमति प्रमुख तीन दलविच भएको भन्दै एमालेले संसद बैठकमा आज देखि अवरोध नगर्ने बताउनु भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ