क्रान्तिकारी पत्रकार संगठनको मेची र कोशी अञ्चलका पाँच जिल्लामा संयोजक चयन

क्रान्तिकारी पत्रकार संगठनको मेची र कोशी अञ्चलका पाँच जिल्लामा संयोजक चयन

  • बिहिबार, मंसिर ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

झापा ,३० मंसिर ।

क्रान्तिकारी पत्रकार संगठन मेची अञ्चलले मेचि र कोशी अन्चलभित्र रहेका बिभिन्न जिलको जिल्ला संयोजक र सह संयोजक तोकेको छ ।

झापाको गरामनिमा बसेको मेचि अन्चल कमिटिको पूर्ण बैठकले पाचँ जिल्लाको लागि संयोजक र एक जना सह संयोजक तोकेको अन्चल संयोजक आलोक माबोहाङ लिम्बुले जानकारी दिनुभयो ।

जसअन्तरगत झापामा पारस तिम्सिनालाई संयोजक र विपना बराललाई सह संयोजकमा तोकिएको छ । ईलामको संयोजकमा सुरेन्द्र निरौला , पाचथरमा संग्राम राई , मोरङमा अनिस अधिकारी र सुनसरीमा जमुना श्रेष्ठले संयोजकको जिम्मेवारी पाएका छन् ।

ताप्लेङमा भने यसअघि नै डिवी राईको संयोजकत्वमा १५ सदस्यीय कमिटि गठन गरि पहिलो अधिवेशन समेत गरिसकेको छ ।

मेचीका संयोजक आलोकको अध्यक्षता तथा संगठनका केन्द्रिय महासचिव प्रज्वल श्रेष्ठ , लम्बिनी संयोजक प्रकास डुम्रे लगायतको सहभागीतामा बसेको बैठकले जिल्ला संयोजक तोकेको हो ।

यसैबीच संगठनको मेची अन्चलको आयोजनामा झापाको बीर्तामोड गरामनीमा एक हप्ते आधारभुत पत्रकारीता तालिम पनि सम्पन्न भएको छ ।

तालिममा झापा, ईलाम, पाचथर, ताप्लेजुगं , सुनसरी , मोरगंबाट गरी २१ जना प्रशिक्षार्थी सहभागी थिए ।

उनीहरुलाई रेडियो तथा छापा र अनलाई सञ्चार माध्यममा समाचार लेखन, बाचन, फिचर समाचार लेखन जस्ता विधामा प्रशिक्षण दिईएको थियो । सहभागीहरुलाई प्रमाण्पत्र प्रदान गर्दै तालिकमको समापन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ