यु ए इ।
केहि दिन अघि काभ्रेको सानो बाङथली गाविस वडा नम्बर-७ मा बोक्सी आरोपमा मारिएकी लक्ष्मी परियारको घटना प्रति जन प्रगतिशील मंच यु ए इ ले भत्सर्ना गरेको छ । मंचले बुधबार विज्ञप्ती निकालेर घटनाप्रति भत्सना गर्दै दोषिमाथि कडा कार्वाहिको माग गरेको हो ।
सोही गविसाका शिक्षिक हिरामान लामा र चौबास प्रहरी चौकिका असाइ समेतको मिलोमतोमा मलमुत्र खुवाएर कुटपिट गरि परियारको हत्या भएको भन्दै यतिखेर देश भित्र तथा बाहिर बस्ने सम्पुर्ण नेपाली हरुले हत्यालाई लुकाउन खोजिएको भन्दै तत्काल हत्यारा लाई कडा कारबाही हुनुपर्ने भन्दै सामाजिक संजाल मार्फत समेत चर्को माग गरेका छन ।
यस्तै उक्त घटन प्रति गम्भीर ध्यानाकर्षण गराउदै नेकपा माओवादी( केन्द्र ) निकट विदेश विभाग संगठन नेपालि जन प्रगतिशील मंच युएईले समेत बिज्ञप्त्ति सहित घोर भत्सना गरेको छ। मन्चका अध्यक्ष हेमन्त पौडेल र महासचिब उत्तम बिक द्धारा हस्ताक्षर सहित जारी बिज्ञप्ति मा हत्यारालाई कडा भन्दा कडा कारबाही र पिडितलाई क्षतिपुर्तिको माग गरियको छ ।
हत्यामा प्रहरी को समेत मिलोमतो भएको जानकारी मृतकका छोराले पत्रकारलाई दिई सकेको र घटनाको सर्बत्र बिरोध भैरहेको भन्दै मंचले बिज्ञप्त्ति मार्फत पार्टी केन्द्र र नेपाल सरकारको ध्यानाकर्षण गराउदै हत्यारालाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छ ।
यस्तै जन प्रगतिशील मंच बहराइन ,लगायतका अन्य विभिन्न रास्ट्रमा रहेका माओवादी केन्द्र निकटका विभिन्न संगठन र अन्य संघसंगठन हरुले समेत यत्तिखेर हत्याको निस्पछ्य छानबिन गरि घटनामा सङ्लग्न सबैलाइ कडा कारबाही को माग गरेका छन ।
[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2016/12/3266_001.pdf” cache=”0″]