नेपालका डा.ज्ञवाली द ब्रिटिश मेडिकल जर्नलको सल्लाहकारमा नियुक्त

नेपालका डा.ज्ञवाली द ब्रिटिश मेडिकल जर्नलको सल्लाहकारमा नियुक्त

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं,२९ मंसिर ।
२०५९ सालका एसएलसीको बोर्ड टपर डा. विशाल ज्ञवाली द ब्रिटिश मेडिकल जर्नल (बीएमजे)को सल्लाहकारमा नियुक्त भएका छन् ।

हाल जापानमा क्यान्सर उपचारको विशेषज्ञ तालिम लिइरहेका ज्ञवाली विश्व प्रसिद्ध मेडिकल जर्नलको सल्लाहकारमा नियुक्त भएका हुन् ।
विश्वकै पुरानो उक्त जर्नलको सल्लाहाकारमा नियुक्ती हुने उनी पहिलो नेपाली हुन् । बीएमजेले नियुक्त गरेका पाँच जना मध्ये उनी पनि परेका हुन् । पाँचमध्ये उनी एसियाबाट नै प्रतिनिधि गर्नेमध्ये एक हुन् । बीएमजेले उनीसहित अमेरिकाका दुई र अन्य दुई जना विभिन्न जर्नलमा सम्पादक भैसकेका व्यक्तिलाई नियुक्त गरेको छ ।

सल्लाहाकारका रुपमा नियुक्त भएका डा. ज्ञवाली सबैभन्दा कान्छा सल्लाहाकार पनि हुन् । डा. ज्ञवाली हाल जापानको नागोया विश्वविद्यालयमा क्यान्सर उपचारको विशेषज्ञ तालिम तथा मेडिकल अंकोलोजिमा पिएचडी गरिरहेका छन् । पाँच वर्षे अध्ययन कोर्षका लागि जापान पुगेका डा. ज्ञवालीको अब एक वर्ष अध्ययन समय बाँकी छ । अध्ययन सकेपछि उनी नेपाल फर्केर सेवा गर्ने बताउँछन् ।

बीएमजेको सल्लाहाकारमा नियुक्ती पाउनु आफ्ना लागि ठुलो जिम्मेवारी भएको भन्दै उनले पूूर्ण रुपमा पुरा गर्दै नेपालको नामलाई चिनाउने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी