सप्तरी ,२९ मंसिर ।
चिसोले कठ्यांग्रिएर तराईका बिभिन्न स्थानमा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा मनहरवा–८ का ४० वर्षी सुकेश्वर माझी र पर्सा सेढवा–१ का ४५ वर्षीय प्रभुराम चमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
केहि दिनदेखि लगातार परेको सितलरहरका कारण चिसोले कठ्याग्रिएर उनीहरुको मृत्यु भएको हो ।
यस्तै शीतलहर थेग्ने न्यानो लुगा अभावमा सप्तरी,हनुमाननगर–योगिनिमाई नगरपालिका‘टापु गाउँ’ गोबरगाढाकीमुनचुन मुखियापुत्री १३ वर्षीयावन्दनकुमारीको मृत्यु भएको छ ।
निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले केही दिनयता मध्यतराईको जनजिवन कष्ठकर बन्दै गएको छ ।
निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले दैनिक ज्यालादारी गरी जीविका चलाउने मजदुरहरु बढी प्रभावित भएका छन् भने शीतलहरका कारण अन्नबालीसमेतमा असर परेको छ ।
चिसोकै कारण विद्यालयमा पठनपाठनसमेत प्रभावित भएको छ । मध्यतराईका अधिकांश जिल्लामा विद्यालय बन्द गरिएको छ ।