जब महिलाहरु प्रहरी घेरा तोड्दै भित्र पसे ……..

जब महिलाहरु प्रहरी घेरा तोड्दै भित्र पसे ……..

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

गुल्मी, मंसिर २९ ।

प्रदेश नम्बर–५ लाई टुक्राउने गरि आएको संविधान संशोधन प्रस्तावविरुद्ध प्रदर्शनमा उत्रिएका गुल्मीका महिलाहरुले प्रहरीघेरा तोड्दै जिल्ला प्रशासन कार्यालयमा प्रवेश गरेका हुन् ।

१५ दिनदेखि बन्द रहेको गुल्मिमा लामो समयसम्म पनि सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै महिलाहरुले कार्यालय परिसरमै प्रदर्शन गरेका थिए । त्यसलगत्तै प्रहरीघेरा तोड्दै कार्यलयमा प्रवेश गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्रसहित व्यंग्ग्यात्मकरुपमा कैंची, फूलको माला, सियो–धागो र नेपालको नक्सा उपहार पठाएका छन् ।

‘फूलको मालाजस्तै गरी मिलेर बसेका जनतालाई कैंचीले काटेझैं गरी काट्ने काम भएको’ भन्दै महिलाहरुले गुल्मीका सिडियोमार्फत प्रमालाई सो उपहार पठाएका हुन् ।

आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिविस कार्यालयअगाडि धर्ना दिने र फरक–फरक प्रकृतिका प्रदर्शन गर्नेक्रम कायमै राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ