नेपाल इन्टरनेसनल ब्याडमिन्टनको एकलतर्फ रत्नजित र शिक्षा क्वार्टरफाइनल प्रवेश

नेपाल इन्टरनेसनल ब्याडमिन्टनको एकलतर्फ रत्नजित र शिक्षा क्वार्टरफाइनल प्रवेश

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, मंसिर २९ ।

राजधानिमा जारी नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको एकलतर्फ नेपालका रत्नजित तामाङ र शिक्षा श्रेष्ठ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज भएके प्रतियोगितामा रत्नजितले भारतका अमन कुमारलाई पुरुष एकलमा २१–१३ र २१–१९ को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेका छन् ।

यस्तै, महिला एकलतर्फ शिक्षाले बंगलादेशकी एलिना सुल्तानलाई २२–२०, १९–२१ र २१–१७ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाइन् ।

यसैगरी, रत्नजित र दीपेश धामीको जोडी पनि बंगलादेशका मोहम्मद अनामुल हक र मोज्जाम हुसैनको जोडीलाई १८–२१, २१–१६ र २१–६ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको छ ।

पुरुष एकलतर्फ भएका अरु खेलमा भियतनामका दुक फात लेले नेपालका दीपेश धामीलाई २१–१३ र २१–१२ ले तथा भारतका अभिषेक यलेगरले नेपालका बिष्णु कटुवाललाई २१–६ र २१–११ ले हराउंँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

महिला एकलमा नेपालकी पुनम गुरुङले प्रतियोगितबाट आफ्नो नाम फिर्ता लिएपछि भियतनामकी थुई लिन्ह ङयुयेन पनि क्वार्टरफाइनलमा प्रवेश गरिन् ।

यस्तै, इरानकी अघाई हाजीआघा सोरायाले नेपालकी अमिता गिरीलाई २१–६ र २१–१३ ले तथा पाकिस्तानकी महुर शाहजादले नेपालकी नङसल तामाङलाई २१–१८ र २१–१९ ले पराजित गर्दै अन्तिम आठमा ठाउँ बनाइन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा जारी प्रतियोगिताको पुरुष डबल्स र महिला डबल्समा कुनैपनि नेपाली जोडी क्वार्टरफाइनलमा पुग्न सकेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी