काठमाडौं, मंसिर २९ ।
तीनदिने विश्व हक्की फोरममा सहभागिता जनाउन नेपाली टोली रुस प्रस्तान गरेको छ ।
भोलीबाट रुसमा हुने तीनदिने हक्की फोरममा सहभागी हुन नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाहीको नेतृत्वमा चारजनाको टोली रुस गएको हो ।
टोलीमा विमानस्थल निर्माण विज्ञ एवं संघका उपाध्यक्ष इन्जिनियर अशोक श्रेष्ठ तथा संघका सल्लाहकारहरु टानका सीइओ हरि शर्मा र टानका प्रथम उपाध्यक्ष रामप्रसाद सापकोटा रहेका छन् ।
चार सय बढी रुसी र अन्तर्रा्ष्ट्रिय डेलिगेट्सबीच हक्कीकाबारेमा तीन दिनसम्म विज्ञहरुले प्रशिक्षण दिनुका साथै दुईओटा विशेष खेलसमेत हुनेछन् ।
सो फोरमबाट हक्कीबारे सम्पूर्ण ज्ञान हासिल हुने संघका अध्यक्ष शाहीले विश्वास व्यक्त गरेका छन् ।
नेपालमा आइस रिंक बनाउन रुसको विशेष सहयोग मिल्ने विश्वाससमेत गरिएको छ । रुस गएको टोलीलाई संघका महासचिव गणेश रिमालले बुधबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए ।