नयाँ संरचना अनुसार हुनेगरी स्थानिय निर्वाचन बिधेयक सदनमा दर्ता

नयाँ संरचना अनुसार हुनेगरी स्थानिय निर्वाचन बिधेयक सदनमा दर्ता

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं ,२९ मंसिर ।
सरकारले नयाँ संरचना अनुसार नै स्थानिय तहको निर्वाचनकालागि संसदमा विधेयक दर्ता गराएको छ ।

प्रमुख दलहरुबीच पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने छलफल चलिरहँदा गृहमन्त्री बिमलेन्द्र निधिले आज गाउँ पालिका र नगरपालिकाको निर्वाचन नयाँ संरचना अनुसार गर्ने गरी विधेयक दर्ता गराउनु भएको हो ।

विधेयकमा नयाँ ‘संविधानको कार्यान्वयनकालागि स्थानीय तहको निर्वाचन यथासक्य छिटो सम्पन्न गर्न अपरिहार्य’ रहेको उल्लेख छ।

स्थानीय तहको निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७३ मा निर्वाचनको मिति तोक्ने अधिकार सरकालाई दिन प्रस्ताव गरिएको छ। यसअघि निर्वाचन आयोगले मिति तोक्ने अधिकार आफैंले राख्ने गरी मस्यौदा प्रस्ताव गरेको थियो।

यस्त्ै आजै सरकारले निर्वाचन कसूर तथा सजाय सम्बन्धी विधेयकपनि संसदमा दर्ता गराएको छ । विधेयकमा मतपत्र नस्ट गर्ने, नक्कली मतपत्र तयार गर्ने, छाप दुरुपयोग गर्नेलगायतका कसूरमा संलग्न व्यक्तिलाई दुई वर्षसम्म कैद सजाय व्यवस्था गरिएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ