प्रचण्डको नाममा कुनै सम्पति छैन , सितासँग १ कठ्ठा जमिन र तीन तोला सुन

प्रचण्डको नाममा कुनै सम्पति छैन , सितासँग १ कठ्ठा जमिन र तीन तोला सुन

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाण्डौ ,२९ मंसिर ।
सरकारले प्रधानमन्त्री सहित मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले पत्नि सीता दाहालको नाममा चितवनमा १ कठ्ठा जमिन र तीन तोला सुन रहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आफ्नो नाममा भने कुनै सम्पत्ति नरहेको जनाउनु भएको छ । सार्वजनिक सम्पति विवरण अनुसार पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन सभापति स्व सुशील कोइरालापछि ’गरीब’ प्रधानमन्त्रीका रुपमा प्रचण्ड पर्नुभएको छ ।
यस्तै, उपप्रधान तथा गृहमन्त्री  विमलेन्द्र निधिले आफ्नो नाममा सुन ६० तोला र चाँदी १ सय ५० तोला रहेको विवरण पेस गर्नुभएको छ । सुन र चाँदी दाइजोबाट प्राप्त भएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र नीधिबाट हस्ताक्षर भएर जारी भएको सम्पत्ति विवरणमा उल्लेख छ । उहासँग बैंकमा जम्मा गर्न नभ्याएको १० लाख ९६ हजार ८ सय २५ रुपैयाँ समेत छ ।

उहाले पारिश्रमिक, भ्रमणभत्ता, कृषि आय आदिबाट आर्जन भएको पैसाले भक्तपुरको कटुञ्जेमा १२ लाख ५० हजारमा १ रोपनी, कटुञ्जेमै ६ आना जमीन १३ लाख ५० हजार रुपैयाँमा किनेको विवरण सार्वजनिक गरेका छन् । सोही स्थानमा थप ३ आना जग्गा रहेको उल्लेख छ ।

तराईमा १९ विघा जग्गा, बैंक ब्यालेन्स २९ लाख, साढे १३ लाख उठाउन बाँकी, २०५४ सालमा ७ लाख रुपैयाँमा किनेको एउटा निशान भ्यान र २ हजार १ सय ६० कित्ता साधारण शेयर रहेको छ ।

यस्तै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराका नाममा रोल्पाको लिवाङ्ग गाविस ८ मा पैतृक सम्पत्तिको रुपमा २ तले घर र १ तले गोठ छ ।
यस्तै लिवाङ मै ८ रोपनीको सुख्खा पाखो छ । उक्त जमिन पनि उत्पादनमा प्रयोग नभएको उल्लेख छ । महराको नाममा एभरेष्ट बैंकमा ८० हजार रुपैँया ब्यालेन्स छ ।

प्रचण्डको सम्पति विवरण

[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2016/12/prachanda.pdf” cache=”0″]

उपप्रधान  तथा गृहमन्त्री निधिको सम्पति विवरण 

[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2016/12/blnidhi.pdf” cache=”0″]

उपप्रधान तथा अर्थमन्त्री महराको सम्पति विवरण 

[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2016/12/kbmahara.pdf” cache=”0″]

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ