पूरानै संरचनामा निर्वाचन हुने : प्रधानमन्त्री

पूरानै संरचनामा निर्वाचन हुने : प्रधानमन्त्री

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ ,२९ मंसिर ।

प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ठ पक्षको माग संबोधन गरेर पूरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने बताउनु भएको छ ।

सिरहाको लहानमा आज संचारकर्मीसंग प्रधानमन्त्री दाहालले सत्ता साझेदार दल काग्रेस , प्रमुख प्रतिपक्षी एमाले, मधेसकेन्द्रित लगायतका दलको चाहना अनुसार निर्वाचनको तयारी भइरहेको बताउनुभयो ।

आफु प्रधानमन्त्री भएदेखि नै स्थानीय निकायको निर्वाचन गराउने प्रमुख उद्देश्य राखेकाले त्यसलाई पुरा गराएरै छाड्ने प्रतिबद्धता पनि जनाउनु भयो ।

उहाले अहिले संसदमा दर्ता गराएको संबिधान संसोधन प्रस्तावको बिरोधमा बिपक्षी दलले आन्दोलन गर्नुको कुनै अर्थ नरहने बताउनु भयो ।

एमालेले आफैले सहमती गरेको बिषयलाई सत्ता बाहिर पुगेपछि राष्ट्रघातको आरोप लगाएर बिरोध गरेर जनतामा भ्रम छर्ने काम गरेको बताउनु भयो । तर जनताले बिस्तारै बुझ्दै गएपछि साम्य हुने दावी गर्नुभयो ।

मधेसी मोर्चाले माग गरे अनुसार संसदीय प्रक्रियाबाट संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले प्रस्ताव फिर्ता भने नहुने दोर्होयाउनुभयो । ।

संशोधनको प्रस्ताव पारित गराउन प्रतिपक्ष, मधेसकेन्द्रित लगायतका दलसंग छलफल चलिरहेको जानकारी दिदै उहाँले संविधानको स्विकार्यता बढाएर निर्वाचनमा जाने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ