संसोधन प्रस्ताव फिर्ता नलिएसम्म संसदको अबरोध हट्दैन : ओली ,बिजुक्छे

संसोधन प्रस्ताव फिर्ता नलिएसम्म संसदको अबरोध हट्दैन : ओली ,बिजुक्छे

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

भक्तपुर, मंसिर २९ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच संसदको अबरोधलाई निरन्तरता दिने सहमती भएको छ ।

भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवासमाआज भएको ओली र विजुक्छेबीचको भेटवार्तामा संविधान संशोधनको विषयलाई लिएर संसदमा गरिएको अवरोधलाई निरन्तरता दिने र अझै सशक्त ढंगले अगाडि बढ्नेबारेमा सहमती भएको हो ।

भेटवार्तापछि सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले नेता सुभास नेम्वाङले सरकारले संसोधन प्रस्ताव फिर्ता नभएसम्म अबरोध जारी राख्नेबारे दुईदलबीच सहमती भएको बताउनु भयो ।

सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्ताव देश र जनताको हितविपरीत रहेको भन्नेबारेमा दुबै दल एकमत रहेको बताउँदै नेम्वाङले बैठकमा संविधान कार्यान्वयन र स्थानीय निकायको निर्वाचनका विषयमा कसरी अगाडि जाने भन्नेबारेमा पनि छलफल भएको बताउनु भयो ।

यस्तै , नेमकिपाका अध्यक्ष बिजुक्छेले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसदको अवरोध जारी राख्नेबारेमा दुई दलबीच सहमति भएको जानकारी दिनुभयो ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई स्थगित गरेर अगाडि जादा जनताको भावनामा ठेस पुग्ने भएकाले पिर्ता गर्न माग गरिएको उहाको भनाई छ ।

अध्यक्ष बिजुक्छेले स्थानीय निकायको निर्वाचनका लागि अझै ऐन–कानुन नै नबनेको अवस्थामा संसदमा दर्ता भएको विधेयकलाई थाती राखेर निर्वाचनमा जाने भन्ने चर्चा सत्तापक्षले प्रतिपक्षको ध्यान अन्तै मोड्न खाजेको आरोप पनि लगाउनु भयो । सरकारमा जाने दलले आफ्नो फाइदालाई मात्रै हेरेर निर्णय गर्दा देशमा अस्थिरता बढेको पनि उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ