एमाले आन्तरिक राजनीतिलाई दलीय स्वार्थमा जोडेर अतिरन्जित गर्दै : महत

एमाले आन्तरिक राजनीतिलाई दलीय स्वार्थमा जोडेर अतिरन्जित गर्दै : महत

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

चितवन, मंसिर २९ ।

परराष्ट्रमन्त्री डा. प्रकाशरण महतले देशलाई नै असहज हुने गरी आन्तरिक राजनीतिलाई दलीय स्वार्थमा जोडेर अतिरन्जित नबनाउन प्रतिपक्षी दल एमालेलाई आग्रह गर्नुभएको छ ।

चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उहाले असन्तुष्ठ पक्षको माग संबोधन गरि निर्वाचनतर्फ जाने उदेश्यले संबिधान संसोधन प्रस्ताव ल्याएकाले त्यसलाई अतिरन्जीत रुपमा प्रचार नगर्न आग्रह गर्नुभएको हो ।

संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई एमालेलगायतका विपक्षी दलले देश नै विखन्डनतर्फ जाने गरी अतिरन्जित गरेको उहाको आरोप छ ।

मन्त्री महतले कांग्रेसले तत्कालीन लाभलाई थाती राखेर मुलुकलाई निकास दिनका लागि संबिधान संशोधन प्रस्तावलाई समर्थन गरेको पनि बताउनु भएको छ ।

उहाले भन्नुभयो , हामिलाई चित्त नबुझेपनि मधेशको समस्या समाधान गर्नका लागि संसोधन प्रस्तावमा समर्थन गरेको हौ ।

संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती भएको भन्दै मन्त्री महतले संशोधन प्रस्तावसँगै सबै दल एक ठाउमा आउछन् भन्ने अभिप्रायले पेस गरेपनि त्यसलाई उल्ट्याउने काम भएको बताउनु भयो ।

फरक प्रसंगमा उहाले नेपालप्रतिको चासो र चिन्ता भारतलेमात्र नभएर युरेपेली युनियन, चीन, अमेरिका र संयुक्त राष्ट्रसंघले पनि त्यत्तिकै लिएको भन्दै नेपालप्रति भारतले गरेको चिन्ताका बारेमामात्रै बढी प्रचार हुने गरेको बताउनु भयो ।

उहाले संविधान कार्यान्वयनका लागि अहिलेकै अवस्थामा भएपनि सरकारले निर्वाचन गराउने दाबी समेत गर्नुभएके छ । निर्वाचनपछि दलहरुबीचमा सहमति आउने र स्थानीय तहका निर्वाचित पदाधिकारीले सीमांकन गर्न सहयोग र्पुयाउने मतको चर्क छ ।
सीमांकनका विषयमा देशव्यापी गुनासा रहेकाले यसलाई टुंग्याएरमात्रै निर्वाचन गर्न ढिलाइ भएकाले पुरानै संरचनामा निर्वाचन गर्नु उपयुक्त हुने उहाको धारणा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ