सिमा क्षेत्रका अपराध नियन्त्रण गर्न शाहिको निर्देशन

सिमा क्षेत्रका अपराध नियन्त्रण गर्न शाहिको निर्देशन

  • बुधबार, मंसिर २९, २०७३
  • रबिन्द्र यादव

  • 7K
    SHARES

नवलपरासी, २९ मंसिर ।

प्रहरी अतिरिक्त महानिरिक्षक विश्वराज सिंह शाहीले सिमा क्षेत्रमा बढ्दो अपराधका घटनाहरुलाई नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।

लामो समयदेखि सिमा क्षेत्रमा बढदै गएको लागुऔषध ओसार पोसार, मानव बेचबिखन र विभिन्न सामानहरुको चोरी तस्करीलाई नियन्त्रण गर्न नवलपरासी प्रहरीलाई निर्देशन दिनु भएको हो ।

सिमा प्रहरी चौकी महेसपुर नवलपरासीको नवनिर्मित भवनको उद्घाटन गर्दै शाहीले सिमा संवेदनशिल स्थल रहेकोले उक्त क्षेत्रमा दुबै देशको सुमधुरता कायम गरि आपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन पनि आग्रह गर्नुभयो ।

शान्ति तथा पुर्न निर्माण मन्त्रालय, शान्तिकोषबाट प्राप्त १ करोड २० लाख रुपियामा सिमा प्रहरी चौकी महेसपुरको दुईतले भवन निर्माण भएको हो ।

वर्षाैंदेखि जिर्ण तथा अपुग अवस्थामा रहेको सिमा प्रहरी चौकीलाई शान्ती सुरक्षा प्रदान गर्न निकै समस्या भैरहेको र अव नया भवन भएपछि सहज हुनुका साथै काममा उर्जा थपिने प्रहरी उपरिक्षक चौधरीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ