“मुक्तिनाथविकास बैंक लि.को बैंकिङ्ग कार्यालय

“मुक्तिनाथविकास बैंक लि.को बैंकिङ्ग कार्यालय

  • बुधबार, मंसिर २९, २०७३
  • रबिन्द्र यादव

  • 4.8K
    SHARES

२९ मंसिर  ,नवलपरासी ।  

मुक्तिनाथविकास बैंक लि.ले आफ्नो बैंकिङ्ग कारोबार सहितको सेवा  नवलपरासीको गोपिगञ्जमा सुरु  गरेको छ । गत २०७१ सालश्रावण १ गतेदेखि लघुवित्त सेवाको संन्चालन गर्दै आएको यस बैकले अहिले अतिरिक्त आधुनिक बैंकिङ्ग  सहित बैंकिङ्ग कारोबारख सेवा समेत सञ्चालनमा ल्याएको हो  ।

बैंकले “जनता बैंकमाहोइन, बैंक जनतामाजान्ुपर्दछ”भन्ने सिद्धान्तलाई आत्मसातगर्दै नेपालको परिवेश सुहाउदो ३२ वटा आधुनिक बैंकिङ्ग, १२ वटा सीमित बैंकिङ्ग र २ वटा एक्स्टेन्सन काउन्टर साथै४७ वटा लघुवित्त डेस्क कार्यालयहरुबाट वित्तीयसेवाप्रदानगरिरहेकोछ ।

ग्रामीण भेगमा बैंकिङ्ग कारोबार गर्न प्रोत्साहनगर्ने उद्देश्यले सो बैक बैँकका   अध्यक्षश्री मीन प्रसाद गुरुङ्गले  औपचारिक रुपमा शाखाको समुद्घाटन गरी कारोबार शुभारम्भ भएको हो  ।

उद्घाटन कार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत  भरत राज ढकालज्यूले बैंकको उद्देश्य,रणनीति, सेवा सुविधाहरुएवं भावीकार्यक्रमहरुको बारेमाजानकारी दिनुभएको थियो ।सो कार्यक्रममास्वागतमन्तब्य शाखाप्रबन्धकश्री टुल्का प्रसादकाफ्लेले राख्नु भएको थियो भने,गोपिगञ्जआसपासकाभद्रभलाद्मीतथा समाजसेवीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा उखु उत्पादक किसान संघका अध्यक्ष उमेश यादब, गणेश प्रसादपोख्रेल, लक्ष्मण ज्ञवाली, क्षेत्र बहादुर क्षेत्रीलगायतले शुभकामनामन्तव्य राख्नु भएको थियो । आमन्त्रित सञ्चालक समितिका सदस्य चुडामणि कडेलले धन्यवाद मन्तब्य ब्यक्त  गर्नु भएको थियो ।

बैंकका सञ्चालक समितिका सदस्यप्रकाश प्रसादश्रेष्ठ, खिमप्रकाशमल्ल,नायबप्रमुखकार्यकारी अधिकृत प्रद्युमनपोख्रेल लगाएतको उपस्थिति रहेको उक्तशाखाउद्घाटन समारोह मा स्थानीयवासी तथा आसपासका क्षेत्रकानागरिक, उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु गरी करिव ६०० जनाको उपस्थिति रहेको थियो ।
यस कार्यालयबाटनवलपरासीजिल्लाकोबर्दघाट नगरपालिका, जमुनिया, बैदौली, बडहरा दुबौलिया, भुजहवा, दाउन्नेदेवी, गुठी प्रसौनी, गुठी सूर्यपुरा, जहदा, कुडिया, पक्लिहवा, प्रतापपुर, रामपुर खडौना, रुपौलिया, सरावल, सोमनी, ठुलो खैरटवा, त्रिवेणी सुस्ता, गाविसहरु लगायतकाक्षेत्रकानागरिकहरु, उद्योगीव्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य सेवाप्रदायकसंस्था, सरकारी, गैरसरकारी संघ संस्था, कृषिपशुपालनसंग सम्बन्धितव्यवसायीहरु माझप्रत्यक्षरुपमा बैंकिङ्गपहूँचपुग्नेछ ।उद्घाटन कार्यक्रमको सञ्चालन लघुवित्त डेस्क कार्यालय रामापुरका लघुवित्त डेस्क प्रमुखबसन्तबहादुर के.एम.ले गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ