मुनाकुमारी बचाउ अभियानमा जुटे सुनसरीका महिलाहरु

मुनाकुमारी बचाउ अभियानमा जुटे सुनसरीका महिलाहरु

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

धरान,२९ मंसिर ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ खोर्सानेखाप होमस्टे संचालन समितिका अध्यक्ष आशबहादुर धिमालकी जीवन संगिनी मुनाकुमारी धिमालको दुवै मृगौलाले मध्ये एकले पुरै काम गर्न छाडेको र अर्कोले केही प्रतिशत काम गरिरहेकाले उनलाई बचाउनका लागि इटहरी १ संगीतका चौंकका महिलाहरुले मंगलवारबाट मुनाकुमारी बचाउ अभियान थालेका छन् ।

आर्थिक रुपमा ज्यादै विपन्न धिमाल परिवारले मुनाकुमारीको उपचारमा हालसम्म १ लाख ५० हजारबढी खर्च गरिरसेका छन् ।

नोबेल अस्पताल विराटनगरमा उपचार गराईरहेका जीवनसंगीनीको महिनामा दुई पटक मृगौला डायोलोसिस गरिरहनु परेको श्रीमान् आशबहादुरले बताए ।

स्थानीय सरसस्वती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष समेत रहेका आशबहादुर अन्य विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध छन् ।

मुनाकुमारीको मृगौलाले काम नगरेको सूचना पाएका महिला आधारशिला सुनसरीमा आवद्ध इटहरी १ संगीतचौंक स्थित सृजनशिल महिला समूहको सक्रियतामा दुई दिन संकलन गरेको १८ हजार ५ सय ३० रुपियाँ रकम मंगलवार धिमालकै घरमा पुगेर उपचारका लागि सहयोग स्वरुप हस्तान्तरण गरिएको महिला आधारशिला सुनसरीकी अध्यक्ष सुशिला उप्रेतीले जानकारी दिएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ