मृगौलापिडित खिनमाया लिम्बुलाई १० लाख ६७ हजार ५१ रुपैया सहयोग

मृगौलापिडित खिनमाया लिम्बुलाई १० लाख ६७ हजार ५१ रुपैया सहयोग

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

धरान,२९ मंसिर ।

दुबै मृगौला काम गर्न छोडेपछि जीवन मरणको दोसाधमा परेकी तेह्रथुमको फाक्चमारा गाविस–४ परेवाखोपकी २२ वर्षीया खिनमाया लिम्बुको उपचारको लागि उठाइएको १० लाख ६७ हजार ५१ सहयोग मंगलबार साझ पिडितको परिवारलाई हस्तान्तरण गरिएको छ ।

दुबै मृगौला काम गर्न छोडेपछि आर्थिक अवस्था कमजोर खिनमायाको समस्या बुझेर धरान–१६ सुम्निमा चोक घर भइ हाल काठमाडौमा बस्दै आएका गायक तथा समाजसेवी प्रदीप थापाको पहलमा खिनमायाका लागि तेह्रथुम हङकङ सम्पर्क मञ्च बाट नौ लाख त्रियासी हजार ,छथरे समाज धरान १५ बाट उनन्तिस हजार एक सय छियानब्बे र युके, साउदी अरब लगायत बाट चौउन्न हजार आठसय पचपन्न आर्थिक संलकन गरेर सहयोग पठाएको हो ।

हङकङमा सम्पर्क मञ्चका अध्यक्ष देवेन्द्र खापुङ, खगेन्द्र हाङ तिगेला, राजु तिगेला र नेपालमा प्रदीप थापाको नेतृत्वमा संकलन गरिएको सहयोग २० मंसिरमा खिनमायालाई हस्तान्तरण गरिएको छ ।

बानेश्वरस्थित भेनस इन्टरनेसनल अस्पतालमा डायलासिस गरिरहेकी खिनमायाको केही दिनपछि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गरिने भएको छ । उनकी आमा भीमकुमारी लिम्बुले खिनमायालाई मृगौला दिन लागेको बताएकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ