एसिया प्रशान्त क्षेत्रका सहरी विकास मन्त्रिस्तरीय सम्मेलन आजदेखि नयाँदिल्लीमा

एसिया प्रशान्त क्षेत्रका सहरी विकास मन्त्रिस्तरीय सम्मेलन आजदेखि नयाँदिल्लीमा

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २९ मंसिर ।  

एसिया प्रशान्त क्षेत्रका राष्ट्रहरुको सहरी विकास तथा आवास सम्बन्धी छैटौँ मन्त्रिस्तरीय सम्मेलन आजदेखि भारतको नयाँदिल्लीमा सुरु हुदैछ ।

आगामी पुस १ गतेसम्म चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका सहरी विकास तथा आवाससम्बन्धी छलफल हुने जनाइएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट सहरी विकासमन्त्री अर्जुननरसिंह केसीसहित मन्त्रालयका प्रवक्ता शिवहरि शर्मा र वरिष्ठ समाजशास्त्री पोष्टराज ढुङ्गाना सम्मेलनमा सहभागी हुदैछन् ।

सम्मेलनमा नेपालको आवास नीति, सहरीकरणका अवस्था, समस्या, चुनौती र नेपालले अपनाएका रणनीतिबारे सदस्य राष्ट्रलाई जानकारी गराइने मन्त्री केसीले बताउनु भयो ।

एसिया प्रशान्त क्षेत्रका सहरी विकास तथा आवास सम्बन्धी दिगो रणनीतिसहित नयाँदिल्ली घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ