एजेन्सी,मंसिर २९।
इंग्लिस प्रिमियर लिग अन्तरगत गएराति भएको खेलमा आर्सनल एभर्टनसँग पराजित भएको छ । एभर्टनसँग २–१ ले पराजित भए सँगै आर्सनलले चेल्सीलाई पछि पार्दै शीर्ष स्थानमा जाने मौका गुमाएको छ ।
एभर्टनका लागि सेमस कोलमेन र विलियम्सले एक एक गोल गरे भने आर्सनलका लागि एलेक्स सान्चेजले एक गोल गरे । खेलको २० औ मिनेटमा सान्चेजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए पनि जीत निकाल्न भने सकेनन् ।
हारपछि दोस्रो स्थानको आर्सनलको १६ खेलबाट ३४ अंक छ । एक खेल कम खेलेको शीर्ष स्थानको चेल्सीको ३७ अंक छ । १६ खेलबाट २३ अंकसहित एभर्टन सातौं स्थानमा छ ।
यस्तै गएराति नै भएको अर्काे खेलमा बोर्नमाउथले साबिक विजेता लिसेस्टर सिटीलाई १–० ले पराजित गरेको छ ।खेलको ३४ औं मिनेटमा मार्क प्युघले गरेको गोल नै निर्णायक बन्यो ।
हारपछि लिसेस्टर १६ खेलबाट १६ अंकसहित चौधौँ स्थानमा छ । आठौं स्थानको बोर्नमाउथको २१ अंक छ । लिग अन्तर्गत आज पनि आठ खेल हुनेछन् ।