चितवन, मंसिर २८ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनको सवालमा दलहरुबीच उत्पन्न बिवादले ठुलो रुप लिए मुलुकका लागी दुर्भाग्य हुने बताउनु भएको छ ।
चितवन भएको गैरसरकारी महासंघको २२औं साधारणसभालाई आज सम्बोधन गर्दै उहाले सरकार र दलहरु तीनओटै तहको निर्वाचनको तयारीमा जुट्नुपर्नेमा जोड दिनुभयो ।
उपराष्ट्रपति पुनले वर्तमान राजनितिक गतिरोधको अन्त्य गर्दै प्रमुख दलहरुले सहमतीका आधारमा संबिधान कार्यान्वयनका लागि पनि चुनावको तयारी गर्नुपर्ने बताउनु भयो ।
उहाले राजनीतिक दल र सरकारबीच हाल देखिएका असन्तुष्टि र असमझदारीलाई संवाद, सहमति र सहकार्यको माध्यमबाट हटाउन पनि आग्रह गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline