बाँके ,मंसिर २८ ।
धार्मिक गुरु र नागरिक अगुवाले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउने क्रममा बाँकेको मटेहियामा भएको झडपलाइ लिएर सामाजिक सद्भाव बिग्रन नदिन अपिल गरेका छन् ।
इस्लाम धर्म गुरु मौलना अब्दुल जब्बर मन्जरी, हिन्दु धर्मगुरु महन्थ चन्दननाथ योगी, उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष नन्दलाल वैश्य लगायतले आज सामुहिक अपिल गर्दै संयमता अपनाउन आग्रह गरेका हुन । धर्मगुरु र अगुवाले घटनाको छानबिन गरी दोषीलाई कारवाही र घाईतेको निशुल्क उपचार गर्न माग गरेका छन् ।
पैगम्वर मोहम्मदको १४ सय ९१ औं जन्मोत्सव मनाउने क्रममा निकालिएको जुलुसमा सहभागी र मटेहियाका केहि बासिन्दाबीच हिजो भएको झडपका क्रममा एक जनाको मृत्यु भएको थियो । १० जना घाईते भएका छन् । उनीहरुको नेपालगन्जमा उपचार भइरहेको छ ।
हाल सो क्षेत्रको अवस्था सामान्य बनेको भेरी अञ्चल प्रहरी प्रमुख धिरु बस्न्यातले बताउनुभयो ।