संसोधन प्रस्ताव टुङ्ग्याएर चुनावको मिति घोषणा हुन्छ : प्रधानमन्त्री

संसोधन प्रस्ताव टुङ्ग्याएर चुनावको मिति घोषणा हुन्छ : प्रधानमन्त्री

  • मङ्लबार, मंसिर २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ मंसिर २८ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावको मिति घोषणा र संविधान संशोधन प्रस्तावलाई टुंगोमा र्पुयाउन सरकारले तीव्र ढंगले काम गरिरहेको दाबी गर्नुभएको छ ।

१३औं राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले आज राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सहमतिकै आधारमा केही दिनभित्रै सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्ने बताउनुभयो ।

त्यसका लागि प्रमुख दलका शीर्ष नेताहरुसँग आफूले निरन्तर छलफल गरिरहेको उहाको भनाई छ ।

भूकम्पपीडितको घर निर्माणका लागि दिइने रकम पनि छिट्टै निकासा गर्ने जानकारी दिदै प्रधानमन्त्रि दाहालले ज्यापू संस्कृति विकास कोषको अक्षयकोषका लागि १५ लाख रुपैयाँ राज्यका तर्फबाट प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ