व्यावसायीको अधिकारका लागि मधेसी जनता पार्टी लड्छ : अध्यक्ष कलवार

व्यावसायीको अधिकारका लागि मधेसी जनता पार्टी लड्छ : अध्यक्ष कलवार

  • मङ्लबार, मंसिर २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ ,२८ मंसिर ।

काठमाण्डौको गोंगबु स्थित नयाँ बसपार्क भित्र व्यावसाय गर्दै आएका साना व्यापारीमाथि प्रहरीले अनावश्यक दुख दिएको भन्दै मधेसी जनता पार्टीले त्यसका बिरुद्ध आन्दोलन गर्ने भएको छ ।

पार्टीका अध्यक्ष महेश कलवारले बर्षौ देखि बसपार्क भित्र रहेका टहराका साथै आसपास रहेका सडक व्यापारिलाई त्यहाबाट हटाउन बिभिन्न बहानामा दुख दिने र धरपकड गरि दैनिक जसो पक्राउ गर्न थालेपछि त्यसका बिरुद्ध आफ्नो पार्टीले ससक्त आन्दोलन गर्न लागिएको बताउनु भयो ।

आज पनि बस पार्कबाट एक जना व्यापारिलाई प्रहरीले नियन्त्रण लिएको भन्दै उहाले यस्तो कार्य तत्काल बन्द नभए कडा सर्घषका कार्यक्रम गर्ने चेतावनी पनि दिनुभयो ।
यसअघि गत आईतवार मात्रै नयाबसपार्कमा व्यापार गर्दै आएका सडक व्यापारी दुर्गा गिरि ,उदब गिरि ,माया तामाङ ,रमा बराल ,गिता राउत लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई एक दिन हिरासतमा राखेर हिजो मात्रै छोडेको थियो ।

व्यावसायी ,व्यापारिलाई त्रसित बनाउने र त्यहाबाट जबरजस्ती हटाउने योजनाका साथै दैनिक प्रहरीले दुख दिईरहेको भन्दै यस्तो हर्कत बन्द गरेर पक्राउ व्यापारिलाई बिना सर्त तत्काल रिहा गर्न पनि सो पार्टीले माग गरेको छ ।

व्यापारिको पक्षमा आफ्नो पाटीको साथ र समर्थन रहेको भन्दै पार्टीले आह्वान गरेको आन्दोलनका कार्यक्रममा सहभागी हुन पनी आग्रह गर्नुभएको छ । हिजो पनि सो पार्टीले राजधानीमा बिरोध सभापनि गरेको थियो ।

वैकल्पिक स्थानको व्यावस्था नगरि व्यावसायीलाई हटाउने सड्यन्त्र भएकोले त्यसलाई सफल हुन नदिने पनि कलवारले चेतावनी दिनुभयो । पहिलो चरणमा प्रदर्शन गर्ने र प्रधानमन्त्री तथा बिभिन्न राजनितिक दलका शिर्षनेतालाई भेटि व्यापारि व्यावसायीको समस्या तथा मागप्रति ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत तय गरेको सो पार्टीले जनाएको छ ।

केहिदिन भित्रै उपत्यकाका बिभिन्न स्थानमा रहेका सडक व्यापारीसँगको छलफल पछि पार्टीको केन्द्रिय समितिको बैठक बसेर आन्दोलनका ठोस कार्यक्रम तय गर्ने अध्यक्ष कलवारले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ