मुलुकलाई अँध्यारो मुक्त बनाउने अभियानमा बाधक बन्नेलाई छोडिन्न : उर्जामन्त्री

मुलुकलाई अँध्यारो मुक्त बनाउने अभियानमा बाधक बन्नेलाई छोडिन्न : उर्जामन्त्री

  • मङ्लबार, मंसिर २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ २८ मंसिर ।  

उर्जामन्त्री जनार्दन शर्माले देशलाई अँध्यारो मुक्त बनाउने अभियानमा बाधा पु¥याउने जोसुकैलाई कारवाही गरिने बताउनु भएको छ ।

प्रेस सेन्टर मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले देश लोडसेडिङ मुक्त बनाउने अभियानमा सरकार लागि परेको बताउनुभयो ।

यसमा बाधा सिर्जना गर्न केही व्यक्ति सक्रिय भएर लागेको उहाँले आरोप लगाउनुभयो । उर्जा मन्त्री शर्माले विद्युत चोरी नियन्त्रणमा पनि लागि परेको बताउनुभयो ।

पूर्वाञ्चलको विद्युतीय क्षेत्रको अनुगमनको क्रममा विराटनगरमा आइपुग्नुभएका मन्त्री शर्माले थप विद्युत उत्पादन गर्ने योजना अनुरुप सरकारले काम अगाडि बढाई रहेको स्पष्ट पार्नु भयो ।

नेपाललाई अझै थप १० हजार मेगावट विद्युत आवाश्यक रहेको मन्त्री शर्माको भनाई छ । उहाँले सुकुम्बासीका लागि एक हजार रुपैयाँ प्राधिकरणमा धरौटी राखेर मिटर लिन सक्ने व्यवस्था गरेको समेत जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ