कतारमा काम परिवर्तन गर्दा रोजगारदाता कम्पनीको अनुमति लिनुपर्ने बाध्यताको अन्त्य

कतारमा काम परिवर्तन गर्दा रोजगारदाता कम्पनीको अनुमति लिनुपर्ने बाध्यताको अन्त्य

  • मङ्लबार, मंसिर २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २८ मंसिर ।  

नेपाली कामदारहरुको आकर्षक गन्तव्यको रुपमा रहेको कतारमा आजदेखि आप्रवासी कामदारका लागि नयाँ नियम कार्यान्वयनमा ल्याएको छ ।

आप्रवासी कामदारका लागि निकै नै कठोर मानिएको कफाला प्रणालीलाई संसोधन गर्दै कतार सरकारले आजदेखि लागु हुनेगरी नयाँ नियम कार्यान्वयनमा ल्याएको हो ।

यो सँगै आप्रवासी कामदारले जागिर परिवर्तन गर्न वा देश छोड्न रोजगारदाता कम्पनीको अनुमति लिनुपर्ने बाध्यताको अन्त्य भएको छ । ‘कन्ट्रयाक्ट’ मा आधारित नयाँ प्रणालीले आप्रवासी कामदारहरुको सुरक्षा गर्ने सरकारको दाबी छ ।

सरकारी अधिकारीहरुले नयाँ कानुनले रोजगारीमा थप लचकता अपनाउने र विदेशी कामदारको सुरक्षा दिने बताएका छन् । कफाला प्रणाली आधुनिक दास बनाउने प्रणाली भएको भन्दै चर्को आलोचना भएपछि विश्वकप आयोजना गर्ने तयारी गरिरहेको कतारले नयाँ स्पोन्सरसिप प्रणाली लागु गरेको हो ।

नयाँ नियम अनुसार कामदारले चाहेको खण्डमा कम्पनी परिवर्तन गर्न पाउने छन् । स्पोन्सरसिप प्रणालीले रोजगारदाता, कर्मचारी वा प्रवासी कर्मचारीका सम्बन्धलाई नियमन गर्नेछ ।

यस्तै नियम अनुसार विदा र स्वदेश फिर्तिका लागि कम्पनीले विदा नदिए त्यस सम्बन्धमा निर्णय गर्न छुट्टै समिति समेत बनाइएको छ । कामदारले त्यहाँबाट विदा लिएर घर फर्किन सक्ने छन् ।

गएको वर्ष कतारको मन्त्रिपरिषद्ले नयाँ कानुनको मस्यौदा स्वीकृत गरी अन्तिम स्वीकृतिका लागि माथिल्लो निकाय अमिरलाई पठाएको थियो । अमिरबाट डिसेम्बर १३ अर्थात् आजैका मितिबाट लागु हुने गरी स्वीकृत गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ