राजनितिक गतिरोध अन्त्य गरी निर्वाचन तर्फ केन्द्रित हुन दलहरु सहमत

राजनितिक गतिरोध अन्त्य गरी निर्वाचन तर्फ केन्द्रित हुन दलहरु सहमत

  • मङ्लबार, मंसिर २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २८ मंसिर ।

मुलुकको पछिल्लो राजनितिक गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रमुख तीन दलका शिर्ष नेताहरुबीच आज छलफल भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा संसदमा जारी गतिरोध अन्त्य गर्नेबारे छलफल भएको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख तीन दलका शीर्ष नेता सहभागी बैठकमा संविधान संशोधन, निर्वाचन लगायत विषयमा सकारात्मक छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले छिट्टै अर्को बैठक बसी विद्यमान राजनीतिक समस्याको समाधान खोज्नेबारेमा दलहरु सहमत भएको बताउनु भयो ।

बैठकमा मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गराउने र निर्वाचन सम्बन्धी कानुनको तर्जुमा लगायत विषयमा गम्भीर छलफल भएको नेताहरुले बताएका छन् ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा रहेको एमालेले लगातार सदन अवरुद्ध गर्दा संसदको कामकारबाही समेत प्रभावित हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ