आज १४ औ दिन पनि अर्घाखाँची र गुल्मी बन्द जारी

आज १४ औ दिन पनि अर्घाखाँची र गुल्मी बन्द जारी

  • मङ्लबार, मंसिर २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमान्डौ मंसिर २८ ।
सरकारले प्रदेश नं ५ लाई टुक्राउने गरी संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको विरोधमा आज १४ औ दिन पनि अर्घाखाँची र गुल्मी बन्द कायमै रहेको छ ।

अनिश्चितकालिन बन्दका कारण त्यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ । बन्दका कारण बजार, उद्योग कलकारखाना खुलेका छैनन् भने सवारी साधनहरु पनि सञ्चालन हुन सकेको छैनन् ।

जसका कारण सर्वसाधरणले सास्ती खेप्नु परेको छ । आन्दोलनकारीले दिनहुँ जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिँदै आएका छन् ।

संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले जिल्लामा फरक फरक प्रकृतिका आन्दोलन गरेर प्रदर्शन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ