काठमान्डौ मंसिर २८ ।
प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । विहान साढे ९ बजे पछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो समय मुलुकमा उत्पन्न राजनीतिक समस्या समाधानको विषयमा छलफल हुने छ ।
सरकारले संविधान संशोधन विधेयक संदस सचिवालयमा दर्ता गरे पछि उत्पन्न राजनीतिक गतिरोध अन्त्यका पहल स्वरुप माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख तीन दलको बैठक बोलाउनु भएको हो ।
सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्र , सत्तासाझेदार दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले सम्मीलीत बैठकमा संशोधन प्रस्तावमा देखिएको गतिरोध अन्त्यका लागि निकास खोजिने प्रधानमन्त्रीका सहयोगीहरुले बताएका छन् ।
आजको बैठकमा संविधान संशोधन प्रस्तावको विरोधमा उत्रिएको एमालेलाई समेत सहमतिमा ल्याएर संसदको गतिरोध अन्त्य गर्दै निर्वाचनको वातावरण तय गरिने बताइएको छ ।
संशोधन प्रस्तावको खारेजी या फिर्ताको माग गर्दै आएको एमालेले निर्वाचनको कार्ययोजना ल्याए लचकता अपनाउने बताए पछि कांग्रेस र माओवादी केन्द्रले एमाले सँग छलफल गर्न लागेका हुन् ।