काठमाडौँ, मङ्सिर २८ ।
अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)का महानिर्देशक गाइ राइडर तीन दिने नेपाल भ्रमणका लागि आज काठमाण्डौ आउदै हुनुहुन्छ ।
आईएलओको नेपालमा साझेदारीको स्वर्ण वर्षमा आयोजना हुने समारोहमा सहभागी हुन उहाँले आजदेखि तीनदिने भ्रमण गर्न लाग्नुभएको नेपालस्थित आईएलओका निर्देशक रिचार्ड होवार्डले जनाउनुभएको छ ।
स्वर्ण महोत्सवमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महानिर्देशक राइडरले मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुहुनेछ ।
नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री दाहाल, परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङका साथै नेपाल उद्योग वाणिज्य महासङ्घ र टे«ड युनियनहरूका वरिष्ठ अधिकारीहरूसँग नेपालको श्रम तथा रोजगार क्षेत्रका विषयमा परामर्श गर्नुहुने जनाइएको छ ।
उहाँले संयुक्त टे«ड युनियन संयोजन केन्द्रको वार्षिक संसद् र अन्तर्रा्ष्ट्रिय टे«ड युनियनको एसिया प्रशान्त परिषद्लाई सम्बोधन गर्ने कार्यक्रम रहेको आईएलओ नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।