उपत्यकाका नेवार समुदायले यमरी पुन्ही र ज्यापू दिवस मनाउदै

उपत्यकाका नेवार समुदायले यमरी पुन्ही र ज्यापू दिवस मनाउदै

  • मङ्लबार, मंसिर २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

काठमाडौं,२८ मंसिर ।
उपत्यकाको नेवा समुदायले आज यमरी पुन्ही र ज्यापू दिवस धुमधाम साथ मनाउदै छन् । घरघरमा खेतबाट ल्याएको धान सुकाएर झकारीमा राखेपछि योमरी बनाएर विभिन्न देवदेवीलाई पूजा गरेर यो पर्व मनाइन्छ ।
यःमरीलाई कुवेर र गणेशका प्रतिकको रुपमा लिइन्छ । चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई भित्र बिशेष प्रकारले बनाएको चाकु, मास, अदुवा,तील, मुगी राखी त्रिकोण आकार गरि दुई किसीम बाट बनाई पानीको बाफमा पकाउने गरिन्छ ।
पूर्णिमाका दिन यःमरीलाई धानका भकारीलगायतमा चढाइने गरिन्छ । यःमरीलाई धानको भकारीलगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास रही आएको छ । यसरी चढाएको यःमरी चारदिनपछि मात्र प्रसादको रुपमा बाँडेर खाने प्रचलन छ ।
उपत्यकाको तीन जिल्लामा रहेका भिमसेन( असल देवता)का मन्दिरका साथै दोलखाको भिमसेन मन्दिरमा आज मुख्य पुजा गरिन्छ ।
उपत्यकाका सबै क्षेत्रमा योमरी पुन्ही माने पनि काठमाडौं दक्षिण–पश्चिम क्षेत्र कीर्तिपुर लगायतमा सात गाँउले जात्रा पर्ने भएकाले मनाउने परम्परा छैन । आजै सात गाँउले जात्राको पनि समापन हुदैछ ।
यसैबीच ज्यापू महागुठी र ज्यापू संरक्षण विकास कोषले योमरी पुन्हीको उपलक्ष्यमा ज्यापू दिवस धुमधामका साथ मनाउदै छ ।

ज्यापु समुदायहरुले आजै राजधानीमा यालीको आयोजना गर्दैछन् । र्याली नगरको विभिन्न ठाउँको परिक्रमा पछि वसन्तपुर पुगी सभामा परिणत हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ