काठमान्डौ मंसिर २८ ।
बर्दियाको ठाकुरद्वारामा दुइ दिने चौथो बृहत् हात्ती महोत्सव आज देखि सुरु हुदै छ । सो हात्ती महोत्सव बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले संयुक्त रुपमा गर्न लागेको हो ।
महोत्सवले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय पर्यटक भित्र्याउन मद्दत पुग्ने र महोत्सवमा वैदिक विधिअनुसार हात्ती पूजाको समेत सुरुवात गरिने चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले जानकारी दिनु भयो ।
ठाकुरद्वाराको हात्तीसारमा हुन लागेको महोत्सवमा स्थानीय थारु संस्कृति, झाँकी र विभिन्न स्थानीय नाच समेत प्रदर्शन गरिने बताइएको छ ।
साथै सो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले स्थानीय थारु परिकारको पनि आनन्द लिन पाउने अभियानका अध्यक्ष आचार्यले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline