सामाजिक सद्भाव दरिलो बनाउनु सबैको कर्तव्य : राष्ट्रपति

सामाजिक सद्भाव दरिलो बनाउनु सबैको कर्तव्य : राष्ट्रपति

  • मङ्लबार, मंसिर २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, मङ्सिर २८। 

किरात जातिको महान् पर्व उधौलीका अवसरमा राष्ट्रपति ,उपराष्टपति तथा बिभिन्न राजनितिक दलका नेताहरुले शुभकामना दिदै राष्टिय एकतामा जोड दिएक छन् ।

राष्टपति विद्यादेवी भण्डारीले नेपालीहरुले मनाउने बिभिन्न चाडपर्वका माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु पर्नेमा जोड दिनुभएको छ ।

किरात जातिको महान् पर्व उधौलीका अवसरमा शुभकामना दिदै राष्टपति भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपवबाट सामाजिक सद्भाव बलियो बनाउनु सबैको कर्तव्य भएको बताउनु भयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमार्फत सम्पूर्ण जनताको अधिकार सुनिश्चित गरी समृद्ध राष्ट्र निर्माणमा अगाडि बढ्न उधौली पर्वले उत्प्रेरणा मिलोस् भन्ने शुभकामना पनि दिनुभएको छ ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना सन्देश दिँदै संविधान कार्यान्वयनका क्रममा देखिएका असन्तुष्टि र असमझदारीलाई आपसी संवाद, सहमति र सहकार्यका माध्यमबाट हटाउँन सबैलाई प्रेरणा मिलोस भन्ने कामना गर्नुभएको छ ।

संविधानसभाबाट संविधान जारी भइसकेको परिवर्तित सन्दर्भमा द्रुततर आर्थिक विकास, प्रगति र समृद्धि नै मुलुकको आवश्यकताका रुपमा रहेको भन्दै उहाले बिबादलाई हल गरि तोकिएको मितिमा स्थानीय, प्रदेश र सङ्घ गरी तीन तहको निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयनका लागि प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

पुनद्धारा जारी विज्ञप्तीमा भनिएको छ , सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै प्रगतिपथमा अघि बढ्न सबैलाई ऊर्जा एवम् उमङ्ग प्रदान गरोस् ।

यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राईलिम्बू समुदायको महान् पर्व उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई लिम्बू समुदायमा व्यक्तिगत र काँग्रेस पार्टीका तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

राई, लिम्बू समुदायले मनाउने उभौली पर्वले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको र यसले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने भन्दै मुलुकमा देखिएका समस्या आपसी संवाद, सहमति र सहकार्यका माध्यमबाट समाधान हुनेमा आफू विश्वस्त रहेको जनाउनुभएको छ ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यस अवसरमा संविधानबाट प्राप्त उपलब्धिको रक्षा गरी सबैको सहयोगमा संविधान कार्यान्वयन गरी समृद्ध नयाँ नेपाल निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने कामना आफ्नो सन्देशमा व्यक्त गर्नुभएको छ ।

यसैबीच मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) ले पनि सांकृतिक पर्व उधौलीका अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैबसल्लामको एक हजार चार सय ३८औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ