बैदेशिक रोजगारीको अवस्था भयानक

बैदेशिक रोजगारीको अवस्था भयानक

  • सोमवार, मंसिर २७, २०७३
  • भरतराज शर्मा(गोपाल)

  • 6.6K
    SHARES

धरान,२७ मंसिर ।
बैदेशिक रोजगार प्रर्बद्धन बोर्डका कार्यकारी निर्दैशक बद्री कुमार कार्कीले बैदेशीक रोजगारीको चपेटामा राज्य समेत परेको बताउनुभएको छ ।
आज सुनसरीको ईटहरीमा गरिएको पत्रकार तथा मिडियाकर्मीका लागी बैदेशिक रोजगारीका बारेको अभिमुखिकरण तालिम कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
उहाले स्थानीय स्तरमा बैदेशिक रोजगारीको अवस्थालाई बिगतको तुलनामा हेर्नै हो भने दैनिक तिन जना शव बाहिरबाट नेपाल आउने गरेकाले बैदेशिक रोजगारीको अवस्था भयानक रहेको चिन्ता ब्यक्त समेत गर्नु भयो ।
बैदेशिक रोजगारका लागी बिश्वका ११० बटा देश खुल्ला भएपनि बिगत ४ बर्षको तथयाङक हेर्दा सुनसरीबाट १६ देशमा १२ हजार ८ सय ३७ जना बैदेशिक रोजगारीमा लागेको बताउनुभयो ।
एक अर्काै प्रसंगमा कार्कीले यस्तो भयानक अवस्था देखिएपनि बैदेशिक रोजगारीबाट सरकारले कसैलाई पनि रोक्न नस्कने चुनौती समेत रहेको स्वीकार गर्नुभयो ।
सुनसरीको गोर्खा डिपार्टमेन्ट स्टोरमा सम्पन्न कार्यक्रममा करिब ४० जान पत्रकारहरुको सहभागीता रहेको थियो भने कार्यक्रममा बैदेशिक रोजगारमा जादाको अवस्था,भोग्नुपर्नै समस्या,बैदेशिक रोजगारमा गएकाको घरबार बिग्रिएको अबस्था लगायतको बारेमा सचेतना गराईएको थियो ।
कार्यक्रम भने पत्रकार महासंघ सुनसरीका जिल्ला उपाध्यक्ष बेदराज पौडेलको सभापतित्बमा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ