यी हुन् पुरुष भलिबलको पुर्व क्षेत्रीय छनौट प्रतियोगिताका विजयी टिम

यी हुन् पुरुष भलिबलको पुर्व क्षेत्रीय छनौट प्रतियोगिताका विजयी टिम

  • सोमवार, मंसिर २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

कन्काई,२७ मंसिर ।

पुरुष भलिबलको पुर्व क्षेत्रीय छनौट प्रतियोगिता अन्र्तगत सोमबार भएको खेलमा भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सुनसरी, सोलुखुम्बु, मोरङ र झापा विजयी भएका छन् ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुरुङ्गास्थित जामुनखाडी सिमसार तथा पर्यटकीय स्थल परिसरमा भएको लिग नकआउट अन्र्तगतको पहिलो खेलमा भोजपुरले खोटाङलाई ३१ — २९, १८ — २५ र २५—२० को सेटमा हराएको थियो ।
त्यस्तै दोस्रो खेलमा धनकुटाले पाँचथरलाई २५— २६, २७—२५ र २५—१३ को सेटमा पराजित गर्यो ।
तेस्रो खेलमा ताप्लेजुङले इलामलाई २५—१५ र २५—१३ को सोझो सेटमा हरायो । चौथो खेलमा संखुवासभाले ओखलढुङ्गालाई २५—२०, १६ —२५ र २५—२३ को सेटमा पराजित गरेको छ ।
पाँचौं खेलमा सुनसरीले उदयपुरलाई २५—१७ र २५—१८ को सोझो सेटमा हराएको छ ।
छैटौं खेलमा सोलुखुम्बुले सिरहालाई २५—२२ र २७—२५ को सेटमा पराजित गर्यो ।
सातौं खेलमा मोरङले सप्तरीलाई २५—१३ र २५—३ को सेटमा पराजित गरेको थियो भने आठौं खेलमा झापाले तेह्रथुमलाई २५—१३ र २५—२३ को सेटमा हराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी