नेपालगन्ज ,२७ मंसिर ।
प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले जातिय र साम्प्रदायिक भावना भड्काएर मुलुकमा द्वन्द्व निम्त्याउन खोजीएको आरोप लगाउनु भएको छ ।
पार्टी निकट निजामति कर्मचारी संगठनको महाधिवेशन उद्घाटनका लागि नेपालगञ्ज पुगेका अध्यक्ष ओलीले संचारकर्मीसंग कुरा गर्दै राष्ट्रिय एकता कमजोर पार्ने षडयन्त्र भईरहेको दावी गर्नुभयो ।
केहि सिमित दल र नेताको स्वार्थका लागि संबिधान संसोधनको नाममा मुलुकलाई अप्ठ्यारो मोडमा पुयाउन खोजीएको भन्दै उहाले त्यस्तो मनासाय पुरा गराउन संसोधन प्रस्तावमा समर्थ नगर्ने दोहोर्याउनु भयो ।
जायज कुरा गर्दा नश्लवादी भनिएको गुनासो गर्दै उहाले संबिधान संशोधन प्रस्ताव फिर्ता नहुँदासम्म संसद चल्न नसक्ने अडान राख्नुभयो ।
संशोधन प्रस्ताव अनुचित, जनचाहना विपरित र राष्ट्रहीत विपरित भएको आरोप लगाउदै ओलीले सरकारलाई संशोधन प्रस्ताव फिर्ता गरेर संबिधान कार्यान्वयनका लागी निर्वाचनमा लाग्न आग्रह समेत गर्नुभयो ।