सुनसरी र मोरङ फाइनल प्रवेश

सुनसरी र मोरङ फाइनल प्रवेश

  • सोमवार, मंसिर २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काँकरभिट्टा,२७ मंसिर ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुरुष फुटबलतर्फ क्षेत्रीय छनौट प्रतियोगिता अन्र्तगत आज भएको खेलमा सुनसरी र मोरङ फाइनल प्रवेश गरेका छन् ।
काँकरभिट्टा माविको खेल मैदानमा जारी क्षेत्रीय छनौट प्रतियोगितामा पाँचथरलाई हराउँदै सुनसरी फाइनल प्रवेश गरेको हो ।
सुनसरीले ०—३ गोलले पाचँथरलाई पराजित गर्यो । सुनसरीका तर्फबाट निशान लिम्बुले २ र विष्णु सुनुवारले १ गोल गरेका थिए ।
त्यसैगरी आजै भएको दोस्रो खेलमा सप्तरीलाई पराजित गर्दै मोरङ फाइनल प्रवेश गरेको छ । मोरङले ०—२ गोलले सप्तरीलाई पराजित गरेको थियो । मोरङका भुवन बस्नेत र इश्वर भगतले १÷१ गोल गरेका थिए ।
भोली(मङ्गलबार) तेस्रो स्थानका लागि सप्तरी र पाँचथर भिँड्ने छन् भने फाइनल खेलका लागि सुनसरी र मोरङबीच प्रतिष्पर्धा हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी