काठमाडौं, मंसिर २७ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संबिधान कार्यान्वयन नभएसम्म स्थानिय तहको निर्वाचन हुन नसक्ने बताउनु भएको छ ।
नेपाल विद्यार्थी संघले सुरु गरेको ‘जहाँ विद्यार्थी–त्यहाँ नेवि संघ’ अभियानको आज राजधानीमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले निर्वाचनका लागी सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा नेकपा एमालेले पनि सहयोग गर्ने दाबी गर्नुभयो ।
संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचनमा जानुको विकल्प नभएकोले संविधान संशोधनको प्रस्तावमा एमाले लचक भएको पनि उहाले बताउनु भयो ।
सभापति देउवालले नेपाल विद्यार्थी संघ बलियो नभएसम्म राष्ट्रियता, लोकतन्त्र, प्रजातन्त्र सुदृढ नहुने भन्दै सुरु गरिएको अभियानलाई गाउँगाउँसम्म पु¥याउन आह्वान गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहलगायतले निर्वाचन सम्पन्न गरेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभयो ।
नेवि संघले संविधान कार्यान्वयन, स्ववियू निर्वाचन, शैक्षिक सुधार र संगठन सुदुढीकरणका लागि भन्दै ६ महिने अभियान सुरु गरेको हो ।
कार्यक्रममा सभापति देउवाले नेवि संघको सदस्यता वितरण पनि गर्नुभएको थियो ।