फागुन तेस्रो साता काठमाडौमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

फागुन तेस्रो साता काठमाडौमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

  • सोमवार, मंसिर २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २७ मंसिर ।  

आगामी फागुन तेस्रो सातादेखि काठमाडौमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । लगानीका लागि नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास विदेशी लगानीकर्तालाई जगाउन सरकारले अन्तर्राष्ट्रि लगानी सम्मेलन गर्न लागेको हो ।

सम्मेलन निर्देशन समितिका अध्यक्ष तथा उद्योगमन्त्री नविन्द्रराज जोशीलेमुलुकका विभिन्न क्षेत्रमा गर्न सकिने लगानीका सम्बन्धमा दुई दिने सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो ।

हार्डनेसिङ इन्भेष्टमेन्ट अपरच्युनिटीज नेपाल नाम दिइएको सम्मेलनमा राजनितिक प्रतिवद्धता सहित प्रशासनिकका साथै कानुनी संरचनाका बारेमा जानकारी गराइने मन्त्री जोशीले बताउनु भयो ।

सम्मेलन मार्फत मन्त्रालयले सन् २०३० सम्ममा नेपालको आर्थिक अवस्था कस्तो हुन्छ भन्ने सम्बन्धमा तयार पारिएको खाका विश्वका लगानीकर्तालाई दिने तयारी गरेको छ ।

सम्मेलनमा करिब ३०० जना लगानीकर्ताको सहभागिता रहने सरकारको अपेक्षा छ । यसअघि भूकम्प लगत्तै सरकारले अन्तर्राष्ट्रिय दाता सम्मेलन गरेको थियो ।

सम्मेलन मार्फत सरकारले उर्जा तथा पूर्वाधार, सुचना तथा सन्चार, पर्यटन, वित्तिय क्षेत्र, खानी तथा खनिज र कृषि प्रशोधनका साथै उद्योगका क्षेत्रमा लगानीका लागि वैदेशिक लगानीकर्तालाई आह्वान गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ