काठमान्डौ मंसिर २७ ।
नवलपरासीमा हिजो बिहानै बौलाहा खोलाको पुलमा क्षति पुगेका कारण अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग हिजो साँझ देखि सञ्चालनमा आएको छ ।
ना ६ ख ३०१७ नम्बरको ट्रकले पुलको पूर्वपट्टिको भागमा ठक्कर दिँदा बायाँपट्टिको भाग एक फिट तल धसिएकाले पुल माथिबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।
यद्यपि अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्गमा हिजो साँझ देखि डाइभर्सन तयार गरी यातायात सञ्चालन गरिएको बताइएको छ ।
सो पुल भाँचिदा पूर्व पश्चिम राजमार्गमा हिजो दिनभर यातायात सञ्चालनमा अवरोध भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline