बर्दियामा भोली देखि बृहत चौथो हात्ति महोत्सव हुदै

बर्दियामा भोली देखि बृहत चौथो हात्ति महोत्सव हुदै

  • सोमवार, मंसिर २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमान्डौ मंसिर २७ ।
बर्दियाको ठाकुरद्वारामा दुइ दिने चौथो बृहत् हात्ती महोत्सव हुने भएको छ ।

भोली देखि सुरु हो सो हात्ती महोत्सव बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले संयुक्त रुपमा गर्न लागेको हो ।

महोत्सवले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय पर्यटक भित्र्याउन मद्दत पुग्ने र महोत्सवमा वैदिक विधिअनुसार हात्ती पूजाको समेत सुरुवात गरिने चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले जानकारी दिनु भयो ।

ठाकुरद्वाराको हात्तीसारमा हुन लागेको महोत्सवमा स्थानीय थारु संस्कृति, झाँकी र विभिन्न स्थानीय नाच समेत गरिने बताइएको छ । साथै सो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले स्थानीय थारु परिकारको पनि आनन्द लिन पाउने अभियानका अध्यक्ष आचार्यले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ