काठमाडौ २७ मंसिर ।
संशोधन प्रस्तावमा सहमति जनाउदै सरकारमा सहभागी हुने या प्रतिपक्षमा बस्ने बारेमा छलफल गर्न राप्रपा केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठकमा पार्टी सरकारमा सहभागी हुने वा हिन्दु राज्यको आन्दोलनलाई चर्काउने भन्ने सम्बन्धमा छलफल हुने जनाएको छ ।
बैठकमा संविधान संशोधन प्रस्ताव, सरकारले घोषणा गर्न लागेको स्थानिय निकाय निर्वाचन, दुई राप्रपा एकतापछि केही जिल्ला कार्यसमितिमा देखिएको विवादलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
पार्टी एकतापछि बसेको राप्रपा राष्ट्रिय कार्यसम्पादन समितिको बैठक र शुक्रबारको संसदीय दलको बैठकले हिन्दु धर्म स्थापनालाई सर्तका रुपमा अघि बढाउने निर्णय गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline