एजेन्सी,मंसिर २७।
इंग्लिस प्रिमियर लिग अन्तरगतको गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई १–० ले पराजित गर्दै लिगको शीर्ष स्थानमा फर्किएको छ ।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको चेल्सीलाई जिताउन ७६ औं मिनेटमा डिएगो कोस्टाले गोल गरे । वेष्ट ब्रोमका डेविड लुइज र चेल्सीका एनगोलो कान्टेको प्रहार भने गोलमा परिणत हुन सकेन ।
कोस्टाले प्रिमियर लिगमा यो सिजन १२ गोल गरिसेका छन् । जितपछि शीर्ष स्थानमा पुगेको चेल्सीको १५ खेलबाट ३७ अंक भएको छ । दोस्रो स्थानको आर्सनलको ३४ अंक छ । २० अंकसहित वेष्ट ब्रोम आठौं स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline