एजेन्सी,मंसिर २७।
इंग्लिस प्रिमियर लिग अन्तरगतको गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले विजयी भएको छ ।
लिगका पछिल्ला तीन खेलमा जित बिहीन रहेको म्यानेचस्टर युनाइटेड पछिल्ला तीन खेलमा जित बिहीन रहेको थियो ।
खेलमा युनाइटेडले टोटनह्यामलाई १ –० ले पराजित गरेको हो । लिगमा लगातार तीन खेलमा बराबरी खेलेको युनाइटेडलाई जिताउन यो सिजन क्लब आएका हेनरिक मिखतार्यानले गोल गरे ।
२९ औं मिनेटमा मिखतार्यानले गरेको गोल युनाइटेडको जितमा निर्णायक बन्यो । प्रिमियर लिगमा पहिलो गोल गरेका मिखतार्यान प्रिमियर लिगमा गोल गर्ने अर्मे्नियाका पहिलो खेलाडी बनेका छन् ।
जितपछि १५ खेलबाट २४ अंक भएको युनाइटेड छैटौं स्थानमा छ । पाँचौं स्थानको टोटनह्यामको २७ अंक छ । हारपछि टोटनह्यामले म्यानचेस्टर सिटीलाई पछि पार्दै चौथो स्थानमा उक्लिने मौका गुमायो । सिटी ३० अंकसहित चौथो स्थानमा छ ।