मलाई राजनेता हुने मन छैन : केपि ओलि

मलाई राजनेता हुने मन छैन : केपि ओलि

  • आइतवार, मंसिर २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, मंसिर २६ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनता, एकता, लोकतन्त्र र देशलाई समृद्धितर्फ लैजाने कुरामा तलमाथि हुन नदिने भन्दै आवश्यक परे संघर्ष गर्न पनि तयार रहेको बताउनु भएके छ ।
अनेरास्ववियुले आइतबार राजधानीमा गरेको ‘महिला हिंसा अन्त्यका लागि साझा प्रतिबद्धता, संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता’ विषयको विचारगोष्ठीमा बोल्दै उहाले सरकारले निर्वाचनको तयारी नगरेर संविधान संशोधनको कुरा ल्याएको बताउनु भयो ।
निर्वाचन तयारी नगरेर सरकारले बिनाकारण संशोधनको कुरा उठाएको भन्दै उहाले भन्नुभयो ,‘कुन धाराले निर्वाचन गर्न दिएन । त्यो धारा संशोधन गरेर निर्वाचन गर्न बाधा फुकाऔं–उनले भने–‘तर देशलाई आँच आउनेखालको कुरालाई संशोधन गर्न सकिन्न ।’

पूर्वप्रधानमन्त्री ओलीले पुर्खाले बनाएको देशलाई आफ्नो पालामा कसैले पनि बिगार्ने नसोच्न आग्रह गर्दै तलमाथि हुन नदिने बताउनु भयो ।

उहाले आफू देश र जनताका लागि लडिरहनुपर्ने भएकाले राजनेता भएर बस्न नसक्ने बताउनुभयो ।

‘देशमा स्वाभीमान र थिचोमिचोकाविरुद्ध विभिन्न क्रियाकलाप भइरहन्छ’–उहाले भने–‘यस्तोबेला चुप लागेर म राजनेता भएर बस्न सक्दिनँ । त्यसैले राजनेता हुने मलाई मन छैन ।’

उहाले अहिलेको ३३ प्रतिशत महिलाको आरक्षण पुरानो भइसकेको भन्दै आरक्षणलाई बढाउनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ