काठमाडौं, २६ मंसिर।
संसदको अबरोध हटाउनेबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा संविधान संशोधन प्रस्ताव, स्थानीय निर्वाचन, अबरुद्ध संसद सुचारु गर्ने लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाईएको छ ।
भेटपछि संन्चारकर्मीसँगको कुराकानीमा देउवाले पछिल्लो समयमा दलबीच विश्वासको सङ्कट आएको हुँदा सहमति र सहकार्यबाट समस्याको समाधान खोज्नुपर्ने विषयमा कुराकानी भएको बताउनु भयो ।
संविधान संशोधन प्रस्तावको बिरोध गर्दै एमालेले पाचौ पटकसम्म सदन अबरुद्ध गरिसकेको छ ।
छलफलमा सहभागी एमाले नेता सुवास नेम्वाङले दुई दलका शीर्ष नेताबीच समसामयिक विषयमा सौहार्द्रपूर्ण र सकारात्मक छलफल भएको र यसलाई निरन्तरता दिनेबारे छलफल भएको जानकारी दिनुभयो ।