निजामती कर्मचारीको अवकाश अवधि दुई वर्ष बढाउने तयारी

निजामती कर्मचारीको अवकाश अवधि दुई वर्ष बढाउने तयारी

  • आइतवार, मंसिर २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं,२६ मंसिर ।
सरकारले निजामती कर्मचारीको अवकाश अवधि दुई वर्ष बढाउने तयारी स्वरुप ६० वर्ष बनाउने गरी ऐन संशोधन मस्यौदा कानुन मन्त्रालयमा पठाएको छ ।
सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईको विशेष पहलमा मन्त्रालयले विद्यमान ५८ वर्षको उमेर हदलाई बढाएर ६० वर्ष बनाउने गरी मस्यौदा तयार गरिएको हो ।
बिधेयक पारित भए लोकसेवा आयोगले यसै वर्षको असारसम्मका लागि विज्ञापन गरेर अघि बढाएको छनोट प्रक्रिया पनि प्रभावित हुनेछ ।
कर्मचारी व्यवस्थापनको जिम्मा पाएको सामान्य प्रशासन मन्त्रालयले उमेर हद बढाउने विषयलाई ’ठूलो उपलब्धि’ भनेको छ । तर संशोधनले पार्नसक्ने तत्कालीन र दीर्घकालीन असरका विषयमा मन्त्रालयसँग कुनै तयारी छैन ।
निजामती कर्मचारीको अवकाश उमेर पहिला ६३ वर्ष थियो, त्यसलाई ६० हुँदै अहिले ५८ वर्षमा झारिएको छ । २०१२ सालमा ६३ वर्ष कायम भएको निजामतीको उमेर हद पञ्चायतकालमा ६० वर्षमा झारिएको थियो । २०४९ सालमा निजामती सेवा ऐन आएपछि त्यसलाई ५८ वर्षमा झारिएको हो ।
विज्ञहरूले निजामती कर्मचारीको अवकाश अवधि दुई वर्ष बढाउँदा केही सकारात्मक र धेरै नकारात्मक असर गर्ने बताएका छन् । पूर्वसचिव एवं लोकसेवा आयोग सदस्य श्रीकान्त रेग्मीले उमेर हद बढाउँदा पेन्सनको दायित्व राज्यलाई घट्ने भए पनि ’जब मार्केट’ दुई वर्ष बन्द भएर दक्ष जनशक्ति विदेश पलायन हुने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ